गोंगबुबाट ३ करोडसहित एक जना पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं । गोंगबु टाउन प्लानिङमा रहेको एउटा घरबाट प्रहरीले तीन करोड नगद बरामद गरेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले छापामारी ठूलो परिमाणमा अवैध रकम बरामद गरेको हो।
प्रहरीले उक्त घरबाट एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। गोरखा घर भएका विनोद श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
ठूलो मात्रामा अवैध रकम भण्डारण गरेको सूचना आएपछि प्रहरीले छापा मारेको थियो। उक्त घरबाट सुनका गहना पनि ठूलो परिमाणमा बरामद भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment