नदीमा बगेर एक जना बेपत्ता

डिसी नेपाल
१७ भदौ २०८२ १८:२४
64
Shares

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बाहेराले जानकारी दिए।

प्रहरीका अनुसार आज दिउँसो उक्त नदीको साइफनमा हाम फालेपछि राना बेपत्ता भएका हुन्। ‘बेपत्ता रानाको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालयबाट १२ जना प्रहरी खटिएको छ’, उनले भने, ‘विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट समेत छ जना प्रहरीको टोली खोजीकार्यमा खटिएको छ।’

कञ्चनपुरमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण यहाँका नदीमा पानीको सतह बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.