बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

डिसी नेपाल
१७ भदौ २०८२ २२:३१
40
Shares

चैनपुर (बझाङ)। बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ। सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले बताए।

उनका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा आज साँझ ८ः०० बजे जेसिबी पल्टिँदा जेसिबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.