काठमाडौंमा माइक्रो बसको ठक्करबाट दुई बालिबालिका गम्भीर घाइते

डिसी नेपाल
१८ भदौ २०८२ १२:२९
652
Shares

काठमाडौ। काठमाडौको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका गम्भीर घाइते भएका छन्।

पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको बागमती प्रदेश०१००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई ठक्कर दिएको थियो।

दुर्घटनामा ९ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ१ घर भएकी ५ वर्षीय आशिका राई घाइते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइने विवेकको अन्नपूर्ण न्यरो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ। आशिकाको काठमाडौ मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

माइक्रो चालक सिन्धुपाल्चोक घर भएका २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.