यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने

डिसी नेपाल
१८ भदौ २०८२ १८:५३
40
Shares

काँक्रेविहार। यातायत व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट त्यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो।

एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सेवाग्राहीलाई सम्पूर्ण यातायातसम्बन्धी सेवा प्रवाह हुनेछ। हालसम्म सवारीसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाँचपास, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। यो सेवा लागू भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ।

मुख्यमन्त्री कँडेलले सेवा सञ्चालन भएसँगै आमनागरिकलाई यातायातसम्बन्धी सेवा लिन ढिलाइ नहुने बताए। उनले एकल विन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकैस्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गरे।

बैठकमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमअन्तर्गत गत आव २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेटको समीक्षा, आव ०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटकाबारे सदस्यहरूलाई जानकारी गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.