झुटा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने ६ जना प्रकाउ

डिसी नेपाल
१८ भदौ २०८२ २०:५७
556
Shares

काठमाडौं। झुटा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने कार्यमा संलग्न ६ जना व्यक्तिहरू प्रकाउ परेका छन्। प्रहरीले मंगलबार साँझ उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा गोदावरी-१४, ललितपुरका ३६ वर्षीय सुनिल महर्जन, सोही स्थानका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं-१४ बस्ने ५१ वर्षीय बिनोद डंगोल, सर्लाही घर भई हाल काठमाडौं-३१ बस्ने ३९ वर्षीय सुनिल सापकोटा, पाँचखाल–२, काभ्रे घर भई हाल काभ्रेपलाञ्चोक बस्ने ४८ वर्षीय हरि प्रसाद गौतम र निजगढ–६, बारा घर भई हाल कागेश्वरी मनोहरा–७, काठमाडौं बस्ने ४५ वर्षीय मनोजकुमार आचार्य छन्।

प्रहरीका अनुसार प्रकाउ परेकाहरुले विभिन्न समयमा सवारी दुर्घटना भएको झुटा घटना र नक्कली घाइते खडा गरेर उनीहरूको उपचार बी एण्ड बी अस्पतालमा भएको देखाउने नक्कली कागजात समेत तयार गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम भुक्तानी गराउने गरेको खुलेको हो।

उक्त कार्यमा संलग्न कम्पनीका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिइएको र कागजात सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.