एएफसी यू-२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

डिसी नेपाल
१९ भदौ २०८२ ७:४९
48
Shares

काठमाडौं। एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।

बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको हो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक-एक गोल गरेका थिए।

समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २-१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.