सौराहमा हुर्किँदै गरेका गैँडाका बच्चा
चितवनको सौराहस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा रहेका गैँडाका बच्चा ‘राम’ र ‘देव’ को वन्यजन्तु प्राविधिक लालबहादुर महतरा हेरचाह गर्दै छन् ।
‘राम’ र ‘देव’ नाम गरेका यी गैँडाका दुई भाले केटाहरु ९बच्चाहरू० यहाँ हुर्किरहेका छन् । ‘देव’ र ‘राम’ दुबैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो ।
देवलाई भरतपुरको देवनगरबाट बि.सं.२०८० जेठ ३० गते उद्धार गरिएको हो । राम लाई सौराहकै बाघमाराबाट बि.सं. २०८० असार १ गते ल्याइएको थियो ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment