पोर्चुगलको लिस्बनमा रेल दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिकुलर रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। यो जानकारी पोर्चुगलको आपतकालीन सेवाहरूले दिएका छन् ।
दुर्घटना बुधबार साँझ ६ बजेतिर (स्थानीय समय) भएको थियो। पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ। यसमा एक बच्चा पनि समावेश छ।
पहिले घटनास्थलमा धेरै मानिसहरू फसेको खबर आएको थियो। तर अधिकारीहरूले अब सबैलाई बाहिर निकालिएको बताएका छन्।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । लिस्बनका मेयर कार्लोस मोइडेसले राजधानीका लागि यो “दुःखद क्षण” भएको बताए।
आपतकालीन सेवाहरूले भने कि मारिनेहरूमा विदेशीहरू पनि थिए, यद्यपि तिनीहरू कुन देशका थिए भन्ने पुष्टि हुन सकेन।







डिसी नेपाल








Facebook Comment