रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का नेता बदन भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको छ।
कपनस्थित कार्यालयबाट प्रगतिनगरमा रहेको घरतर्फ जाँदै गर्दा केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव भण्डारीमाथि आक्रमण भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले सञ्जाल फेसबुक लाइभमार्फत् दिएको जानकारीअनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले उनीमाथि रड प्रहार गरेका हुन्।
भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको थियो। उनो टाउकोमा गहिरो चोट लागेको छ। उनलाई बुधबार राति नै चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पुर्याइएको थियो।
भण्डारीको टाउकोमा १० वटा टाँका लागेको रास्वपाले जनाएको छ। उनीमाथिको आक्रमणलाई निष्पक्ष अनुसन्धान गर्न रास्वपाको माग छ। बौद्ध प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment