रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

डिसी नेपाल
१९ भदौ २०८२ १४:०५
40
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका हुन्।

बिहीबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिएका थिए।

सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको बताए। उनले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाए।

त्यस्तै राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे। उनले निजी शिक्षालाई निरुत्साहित गर्ने काम उचित नभएको उल्लेख गरे।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदले निरन्तर सदनमा विरोध जनाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.