झापाका पाँच पालिकामा बिदा

डिसी नेपाल
२० भदौ २०८२ १२:४२
60
Shares

झापा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवका अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय विदा दिएका छन्।

पैगम्बर हजरतको आज १५००औँ जन्मोत्सव हो । मुस्लिम समुदायको बसोबास रहेका यहाँका मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकव, बाह्रदशी र झापा गाउँपालिकाले बिदा दिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिए।

आज बिहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरेर उत्सव मनाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.