विद्यालयकै बसले किचेर बालकको मृत्यु
सिरहा। घरमा पुर्याउन गएको बसले किचेर सात वर्षीय छात्र बालक आदर्श कुमार साहको मृत्यु भएको छ।
गोलबजार नगरपालिका–२ का मदन साहका ७ वर्षीय छोरा मृतक बालक पिजी कक्षामा अध्ययनरत थिए। पढाई सकेर बालबालिकालाई घर घरमा पुर्याउन गएको ‘ट्रिनिटी सेकेन्ड्री बोर्डिङ्ग स्कूल ’ गोलबजार नगरपालिका २ को बसमा सवार बालक ओर्लिने बेलामा बसबाट लडेका थिए।
बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाई दिए। बालक साहको टाउको नै बसको पछाडिको पाङ्ग्रामा पर्यो। बालक साह ठहरै भए।
मृतक बालकको शव पोष्टमार्टमको लागि प्रहरीले लहान अस्पताल पठाएको छ। बस चालक तथा विद्यालयका प्रिन्सिपल फरार भएका छन्। प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ।
घर नजिकै बसबाट ओर्लिने क्रममा दुर्घटनामा परी बालक साहको ज्यान गएपछि बालकका माता पिता भावविह्वल भएका छन्। गोलबवजार नगरपालिका २ लालपुर गाउँ नै शोकमग्न भएको छ।







डिसी नेपाल







Facebook Comment