‘द ग्राविटी शो’ एआई पोडकाष्ट प्रसारणमा ल्याउँदै ग्राविटी ग्रुपका सीईओ दिपक चौलागाईं
काठमाडौं । नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भन्दा गाली खाने दिन आएको बताएका छन्। शैक्षिक धारको ‘द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सीईओ ज्ञवालीले समाज नकारात्मकतातर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
सीईओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताए। उनले प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिए।
ग्राविटी ग्रुपका सिइओ दिपक चौलागाईंले सञ्चालन गर्ने पोडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ। पोडकाष्टमा एआई संवादसमेत राखिने गरी डिजाइन गरिएको चौलागाईंले जानकारी दिए।
उनका अनुसार शिक्षा आर्जनका लागि सहयोगी बन्ने गरी पोडकाष्ट प्रसारणमा आउनेछ। योहो टिभी र ग्राविटी ग्रुपबिच शुक्रबारनै सम्झौता आदानप्रदान गरिएको छ। म्याक्सहव एआई स्मार्ट बोर्डले शोको टाइटल स्पोन्सर गरेको छ।
ग्राविटी ग्रुपले ग्राविटी होम ट्यूसन सोलुसन सञ्चालन गर्दै आएको छ भने ग्राविटी मेगा मिडियासमेत सञ्चालनमा ल्याएको छ। सोही अवसरमा नबिल बैंकका सीईओ ज्ञवालीले चाबहिल स्थित केएल टावरमा सञ्चालनमा रहेको ग्राविटी होम ट्यूसन सोलुसन’को रिवन काटेर उद्घाटन गरेका छन्।







डिसी नेपाल







Facebook Comment