बाढीपहिरोले देशका १२ राजमार्ग अवरुद्ध, १ सय ६० सडक एकतर्फी सञ्चालन

डिसी नेपाल
२१ भदौ २०८२ १३:१८
32
Shares

काठमाडौं । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ विभागका अनुसार ठोरीभण्डारामलेखु, गल्छीत्रिशूलीवेत्रावतीमैलुङस्यफ्रुबेँसीरसुवागढी सडक अवरुद्ध छन् जमुनाहानेपालगञ्जकोहलपुरसुर्खेतखुलालुहिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ

यसैगरी, रानीविराटनगरइटहरीधरानधनकुटाहिले, लेघुवाघाटतुम्लिङ्गटारखाँदबारीनुमकिमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ चतरामुलघाटमाझीटारअमरापुरडाँडागणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध छ ठोरीभण्डारामलेखु, गल्छीत्रिशूलीबेत्रावतीमैलुङस्यफ्रुबँेसीरसुवागढी सडकखण्ड पनि बन्द भएको छ

विभागका अनुसार छिन्चुकुदुजाजरकोटदुनैधोतिन्जेमरिम (भेरी करिडोर) पनि बन्द छ कोइलाबासलमही, अर्जुनखोलाघोराहीहोलेरीघर्तिगाउँथवाङलुकुम (शहीद मार्ग),सुर्खेत तल्लो डुङ्गेश्वरसातखम्बादुल्लुपिपलकोटखुलालुमान्मानाग्माजुम्ला सडक पनि अवरुद्ध छ

विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाडाैंधुलीखेलदोलालघाटखाडीचौरकोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.