‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई
काठमाडौं । यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरिएको छ। रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजका संस्थापक सुमित्रा चौलागाई (सुमी मानव)लाई पुरस्कार प्रदान गरे।
उक्त पुरस्कारको राशि दुई लाख रहेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु-याएबापत उक्त पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–४ डाँडागाउँमा रहेको श्री अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको विदुर नगरपालिका–७ देवीघाटस्थित श्री देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, चितवनको रत्ननगरपालिका–११ मङ्गलपुरस्थित गामवेसीको चेपाङ संरक्षण केन्द्र र ललितपुरको ललितपुर महानगरपालिका–२५ नख्खुस्थित श्री तुलसी फाउण्डेशन (तुलसालय आश्रम)लाई जनही रु एक लाख राशिको पुरस्कार प्रदान गरियो।
सो अवसरमा शिक्षा तथा सीप विकासको अवसर प्रदान गर्नमा सामाजिक संस्थाको योगदानका शोधकर्ता पूर्वसहसचिव गेहनाथ गौतमद्वारा लिखित ‘सामाजिक सेवा प्रचनमाला–८’ लोकार्पण गरिएको थियो। कार्यक्रममा सम्मानित व्यक्तित्व चौलागाईंले बेसहरा नागरिकलाई जीवनयापनमा सहजीकरण गर्न समाज क्रियाशील रहेको बताए।







डिसी नेपाल







Facebook Comment