ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ। यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच काठमाडौंको सिनामङ्गलमा एक व्यक्ति मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरूष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।







डिसी नेपाल







Facebook Comment