नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी
काठमाडौं। आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।
शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुन्।
खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिए।
अब यी दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ। उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment