एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित

डिसी नेपाल
२१ भदौ २०८२ २१:५२
28
Shares

कास्की। पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन्।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। मधेसले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो। मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो।

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३-० सोझो सेटमा पराजित गरेको थियो। ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ ले हरायो। ललितपुरको यो लगातार दोस्रो जित हो।

यसैगरी आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३-१ को सेटले राजित गरेको थियो। पहिलो सेट २३-२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। कर्णालीले दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१७ र चौथो सेट २५-२२ ले जित निकाल्यो।

लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछन्। पहिलो खेल मधेस युनाइटेड र काठमाडौं स्पाईकर्सबीच दिउँसो २ बजेबाट सुरु हुनेछ। आइतबारको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल साँझ ४ बजेबाट सुरु हुनेछ। इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म सञ्चालन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.