पशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर

डिसी नेपाल
२२ भदौ २०८२ ९:३९
4
Shares

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा.लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१-८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०-८१ को २ अर्ब ७८ करोड रुपैयाँ सँग तुलना गर्दा थोरै सुधार भए पनि नाफा भने कमजोर देखिएको छ ।

पशुपति आइरन एण्ड स्टीलको सञ्चालन नाफा मार्जिन २०८१-८२ को पहिलो नौ महिनामा ३।३ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्ष २०८०-८१ मा पनि उस्तै थियो । यो २०७७-७८ मा ७.२ प्रतिशत रहेको अवस्थाबाट क्रमशः घट्दै आएको हो ।

उच्च कार्यशील पूँजी आवश्यकताले, ऋणमा बढ्दो निर्भरता र नेपालकै खण्डित इस्पात उद्योगमा कडा प्रतिस्पर्धाले कम्पनीको नाफामा दबाब बढाएको छ । कम्पनीको ऋण-सञ्चालन नाफा अनुपात २०८१ को चैतमा १७.६ गुणा पुगेको छ, जुन २०८० मा ९.५ गुणा र २०७९ मा ३.९ गुणा मात्र थियो ।

यस्ता चुनौतीबीच पनि, कम्पनीले आफैं उत्पादन गर्ने बिलेट युनिट (मिल्टीङ प्लान्ट) बाट केही लागत फाइदा उठाइरहेको छ र लामो अनुभव तथा वितरण सञ्जाललाई निरन्तर उपयोग गर्दै आएको छ । उद्योग विशेषज्ञहरूको भनाइमा, लागत व्यवस्थापन र उत्पादनमा विविधीकरण गर्न सक्ने क्षमताले कम्पनीको नाफा भविष्यमा सुधार गर्न निर्णायक भूमिका खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.