‘निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’
काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यस अुनरुप आफूलाई समायोजन र परिस्कृत गर्नु अपरिहार्य रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारी अझ प्रतिबद्ध हुन आवश्यक रहेको बताए।
उनले भने,‘नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेको सन्दर्भमा निजामती सेवाले त्यसअुनरुप आफूलाई समायोजन, अनुकुलन र परिस्कृत गर्नु अपरिहार्य छ। सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परणाममुखी सेवा प्रवाह गर्न कर्मचारी अझ प्रतिबद्ध हुनुपर्छ।’
त्यस्तै उनले शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग भएको धारणा राखे। विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको उनको भनाइ छ।
‘शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग हो। विकास सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको छ।’उनले भने
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ।







डिसी नेपाल







Facebook Comment