सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने
काठमाडाैं। नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका बिषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्।
सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि बन्द नै गर्ने निर्णय उचित नभएको उनले बताइन्। बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिइन्।
त्यस्तै कांग्रेस नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल निष्कृय बनाएपछि आमनागरिकमा असन्तुष्टि देखिएको भन्दै यसबारे सरकारसँग कुरा गरिने उल्लेख गरिन्। सरकारको गलत काममा कांग्रेसले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयकका सन्दर्भमा छलफल नै नभइ पारितका लागि सदनमा प्रस्तुत गर्नु उचित नभएको बताइन्।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेल अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ।
उनले भने,‘ केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द गरेको छ। यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए। त्यस्तै उनले बैठकमा प्रदेशसभा निर्वाचनको विषयमा पनि छलफल भएको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment