जेनजीहरू आन्दोलनमा दुर्गा प्रसाईं सहभागी नहुने

डिसी नेपाल
२२ भदौ २०८२ १८:१९
800
Shares

काठमाडौं । सोमबार काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहभागी नहुने भएका छन्। उनले सहभागी हुने बताइरहे पनि केही बेरअघि उक्त प्रदर्शनमा सहभागी नहुने बताएका हुन्।

नेपाल सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि तीन बुँदे मागसहित जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।

बिना सर्त सामाजिक सञ्जाल सक्रिय बनाउनुपर्ने, पुराना नेताहरूले पुनः प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्तिका आधारमा आयुक्त नियुक्त नगरिनुपर्ने उनीहरूको माग छ।

प्रसाईंले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भोलिको आन्दोलनमा सहभागी हुने बताएपछि सक्रिय जेन जेड सदस्यहरूको तीनकुनेमा बैठक बसेर प्रसाईं आएमा ‘नट अलाउड’को ब्यानर देखाउने निर्णय गरेका थिए।

त्यसपछि उनीहरू माइतीघरमा बैठक बस्न पुगेका थिए। उनीहरू बैठक बसिरहेकै समयमा प्रसाईंले फोन गरेर आफू नआउने बताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.