टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२२ भदौ २०८२ २१:३२
20
Shares

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा प्र ०६००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले आज ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.