जेन-जीको प्रदर्शन: बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

डिसी नेपाल
२३ भदौ २०८२ १२:०५
52
Shares

काठमाडौं। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ।

माइतीघर-बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन्। सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो।

अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ। आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए। उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो।

जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.