न्यायलयमा महिलाहरुको उपस्थिति बढाउन जरुरी भइसक्यो : सपना प्रधान मल्ल

डिसी नेपाल
२३ भदौ २०८२ १२:११
32
Shares

काठमाडौं। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायको मूर्तीमा महिलाको परिकल्पना गरिएको पनि संरचनामा पुरुषको सहभागिता बढि भएको बताएकी छन्।

सोमबार काठमाडौंमा आयोजित प्रथम महिला सरकारी वकिलहरुको प्रथम राष्ट्रिय  सम्मेलनमा बोल्दै उनले न्यायालयमा विस्तारै महिलाको उपस्थिति बढाउनुपर्ने भन्दै न्यायको मान्यतामा पनि परिवर्तन भइरहेको बताइन्।

उनले भनिन्, ‘न्याय भन्ने वित्तिकै हामीले आँखा बन्द गर्ने हो भने एउटा महिलाको मूर्ती आँखामा आउँछ। तर न्याय दिने ठाँउमा अहिले हेर्ने हो भने धेरै प्रभुत्व पुरुषको छ। हुन त पुरुषको पनि महत्व त छ। पहिला न्यायको मूर्तिको आँखा बन्द हुन्थ्यो भने अहिले खोलिएको हुन्छ यसको अर्थ अब उसले आँखा खोलेर हेरेर बुझेर समाजलाई हेर्नुपर्छ भन्ने सोच आएको हो। यसको साथै न्यायालयमा विस्तारै महिलाको उपस्थिति बढिरहेको छ र न्यायको मान्यतामा पनि परिवर्तन भइरहेको छ।’

साथै, उनले विविधता आवश्यक भएपनि विविधताभित्र महिलाको सहभागिता धेरै महत्वपूर्ण रहेको बताइन्।

छोटो रुपमा महिलाको लागि सांस्कृतिक, सामाजिक चुनौती त छदै छ साथै वर्तमान अवस्थामा पनि कानून पनि चुनौतीको रुपमा देखा परेको उनको भनाई छ।

सोही कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले महिला आन्दोलनको कारणले कानुनमा मात्रै परिवर्तन नभइ संस्कारमा पनि परिवर्तन भएको बताए। संकारमा भएको परिवर्तनले कानुन परिवर्तनमा सजिलो बनाइदिएको उनको भनाई छ।

उनले भने,‘हामीहरुले यो कुरा बिर्सन हुँदैन्। महिला आन्दोलनको कारणले कानुनमा मात्रै परिवर्तन भएको छैन्। संस्कारमा पनि परिवर्तन भएको छ। संकारमा भएको परिवर्तनले कानुन परिवर्तनमा सजिलो बनाइदिएको छ।’

त्यस्तै उनले सम्पतिको विषयमा महिलाको स्वामित्वमा भएन भने जतिसुकै कानुनी अधिकारको प्रत्याभूति गरेपनि महिलालाई उठाउन सकिँदैन् भन्ने भनाई स्थापित भएको धारणा राखे।

‘सम्पतिको विषयमा महिलाको स्वामित्वमा भएन भने जतिसुकै कानुनी अधिकारको प्रत्याभूति गरेपनि महिलालाई उठाउन सकिँदैन् भन्ने भनाई स्थापित भयो त्यो कुरालाई बुझिसकेपछि महिलाको सम्पतिको हक बढाउने कसरी ?’उनले भने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.