३६ अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

डिसी नेपाल
२३ भदौ २०८२ १५:४२
24
Shares

काठमाडौं। यसअघि लगातार चार कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि ३५.९९ अंकले घटेर बन्द भएको छ। आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको नेप्से आज ३५.९९ अंक घटेर २६७२.२५ बिन्दुमा रोकिएको छ। यद्यपी, आईतबारको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ।

साताको पहिलो कारोबार दिन आईतबार ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२० स्टकको ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ।

आज सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेको छ। फ्लोट इन्डेक्स २.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.८६ अंक घटेको छ।

यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ४३०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसपछि नेशनल सिटिजन्स डेबेन्चर ८६ को मूल्य प्रतिकित्ता ४.३५ प्रतिशत वृद्धि भई १,१३७.३७ रुपैयाँ मा अन्तिम कारोबार भएको छ।

त्यस्तै, युनाइटेड हाइड्रोपावर शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशत बढ्दै ४६३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०४ प्रतिशत बढेर ४१२.८२ रुपैयाँमा अन्मि कारोबार भएको छ।

आजको नेप्से कारोबारमा केही कम्पनीका शेयरमा उल्लेख्य गिरावट देखिएको छ। सबैभन्दा धेरै घट्ने सूचीमा बुटवल हाइड्रोपावर रहेको छ। यस कम्पनीको शेयर मूल्य ५.२८ प्रतिशत ले घटेर ६७१.५५ रुपैयाँ मा झरेको छ।

त्यसपछि नेशनल माइक्रोइन्स्योरेन्स कम्पनीका शेयर मूल्य ४.४४ प्रतिशत ले घट्दै १,१९९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, गाण्डकी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.२७ प्रतिशत ले घटेर १,००५.२५ रुपैयाँ मा पुगेको छ। यसदिन युनियन हाइड्रोपावर लिमिटेड, नेपाल रिइन्स्यारेन्स र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.