प्रदर्शनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड

डिसी नेपाल
२३ भदौ २०८२ १६:४०
900
Shares

काठमाडौं। जेन-जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन्।

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली चलाएपछि आन्दोलन चर्किएको थियो। सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन्।

प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो। आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १६ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ। एक सय भन्दा बढि घाइते छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.