जेन-जी प्रदर्शनः काठमाडौं महानगरले घाइतेलाई अस्पताल लैजान खटायो १५ एम्बुलेन्स

डिसी नेपाल
२३ भदौ २०८२ १७:५९
176
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ।

कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ।

आज प्रदर्शनमा उत्रिएका जेन-जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि १७ जनाको मृत्यु भएको छभने थुप्रै प्रदर्शनकारी घाइते भएका छन्।

धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ।

अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकताअनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताए।

अस्पताल जानका लागि मात्रै होइन आवश्यकताअनुसार बिरामीको उपचार खर्चसमेत ब्यहोर्ने कामपाको भनाइ छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शङ्खमुख क्षेत्रमा कुर्फ्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी नै राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.