इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

डिसी नेपाल
२३ भदौ २०८२ १८:०४
92
Shares

सुनसरी। सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।

मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ।

घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्‍याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.