जेन-जी पुस्ताका आन्दोलनकारीलाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन प्रचण्डको आग्रह

डिसी नेपाल
२३ भदौ २०८२ १८:१०
192
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गरेका छन्।

गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विधुत चोकमा आयोजित जनसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले गर्दै भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकजुट भएर अघि बढ्न अपिल गरे।

उनले भने,‘म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु। तपाईहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्।’ जनसंवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

काठमाडौं सहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.