गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण संकलन गर्दै

डिसी नेपाल
२३ भदौ २०८२ २०:००
168
Shares

काठमाडौं। गृह मन्त्रालयले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेन-जी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण संकलन भइरहेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण संकलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए।

आन्दोलनले उग्ररुप लिएपछि काठमाडौं, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण संकलन भइरहेको प्रवक्ता काफ्लेले बताए।

प्रदर्शनकारीले काठमाडौंलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन्भने प्रहरीले काठमाडौंबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.