प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग

डिसी नेपाल
२४ भदौ २०८२ १०:२२
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन्। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन्।

‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।

अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’ थापाले सामाजिक संजालमा लेखेका छन्।्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.