एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन, उपचार बहानामा दुबई जाने तयारी

डिसी नेपाल
२४ भदौ २०८२ ११:१२
17.8k
Shares

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछि ओलीले आफ्ना मन्त्रीहरुलाई आफ्नो साथमै रहन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले अझै पनि हिजो भएको घटनामा घुसपैठ भएको आफ्नो अडान कायमै राखेको स्रोतले बतायो । उनले सोमबार भएको प्रदर्शनलाई हिंसात्मक बनाउन बाहिरी तत्वले घुसपैठ गरेको र त्यसमा संलग्नहरुलाई छानबिनपछि कारवाही गर्ने भन्दै आफ्ना मन्त्रीहरुलाई आश्वस्त बनाउन खोजेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले आन्दोलन चर्किएर धेरै उग्र भएमा आफू सुरक्षित हुने विकल्पको विषयमा समेत छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार प्रदर्शन धेरै चर्किए ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।

प्रदर्शनकारीले संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको घरमा आगजनी र तोडफोड गरिसकेको तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासतर्फ बढिरहेको अवस्थामा प्रधानमन्त्रीले आफू समेत असुरक्षित भएको महसुस गरेका हुन् ।

सरकारले सोमबार साँझ प्रदर्शन हिंसात्मक हुनुको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिलाई १५ दिनको समय दिएको छ । तर, मंगलबार कर्फ्यू लगाउँदा पनि प्रदर्शन जारी रहेपछि यो समितिले छानबिन गर्नै नसक्ने र समितिको रिपोर्ट आउने बेलासम्म देशमा नेताहरु सुरक्षित रहनै नसक्ने अवस्था आउन सक्नेप्रति ओली सशंकित छन् । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।




प्रतिक्रिया

One thought on “एमालेका मन्त्रीहरूलाई राजीनामा नदिन प्रधानमन्त्रीको निर्देशन, उपचार बहानामा दुबई जाने तयारी

  1. Ta vrasta thug haru Desh chhodera kahi jana paudainna, airport ra border fully close garnu parchha. Bimari ko bahana kunnai eccept hudaina

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.