त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी
काठमाडौं । सुरक्षा कारण देखाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । निरन्तरको आन्दोलन, तोडफोड र आगजनीले विमानको सुरक्षा स्थिति गम्भीर बन्दै गएकोले विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमानस्थल आसपासका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र घटनाक्रमले हवाइ सुरक्षा चुनौतीपूर्ण बनाएकोले यस्तो गर्न लागिएको हो । प्राधिकरणले यहाँ अवतरण गर्ने तयारीमा नजिकै आइसकेका विमानलाई अवतरण गर्न दिएर बन्द गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment