कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा र कर्फ्यु
धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाभर नै कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि अर्को सूचना नआएसम्म कर्फ्यु आदेश जारी गरेका हुन्।
जारी आदेशअनुसार तीन जनाभन्दा बढी भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न पूर्णतः निषेध गरिएको छ। प्रशासनले बिहान १० देखि बेलुकी ५ सम्म निषेधाज्ञा र साँझ ७ देखि बिहान ६ सम्म कर्फ्यु आदेश लागु हुने जनाएको छ।
साथै आवश्यक सेवा तथा कार्यका लागि बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment