पोखरामा कर्फ्यु आदेश जारी

डिसी नेपाल
२६ भदौ २०८२ १९:४३
120
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ

प्रशासनले पोखरा महानगरको वडा नम्बर १ देखि ३३ नम्बर वडासम्मका सम्पूर्ण क्षेत्रहरूमा सो आदेश गरिएको जनाएको छ

प्रशासनले जिल्लामा हालको समयमा देखिएको घटनाक्रमबाट हुन सक्ने विरोध प्रदर्शन, तोडफोड तथा शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार सो आदेश गरिएको जनाएको छ

कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ त्यस्तै कर्फ्युका अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ

यसैगरी, भदौ २७ गते बिहान ५ बजेदेखि बिहान १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने प्रशासनले जनाएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.