Vianet ले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे

डिसी नेपाल
२७ भदौ २०८२ १८:४७

काठमाडाैं। Vianet काे इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्किएको छ। मंगलबार प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कमा रहेकाे Vianetकाे प्रमुख डाटा सेन्टरमा क्षति पुर्‍याएपछि इन्टरनेट र viaTV मा समस्या आएकाे थियाे।

Vianet ब्याकअप डाटा सेन्टरहरूमा सर्भरहरू सारेपछि इन्टरनेट र viaTV सेवा सुचारू भएकाे जनाएकाे छ। सेवा अझै पूर्ण क्षमतामा नभएकाे तर अधिकांश ग्राहकहरूका लागि भने उपलब्ध भएकाे कम्पनीले जनाएकाे छ।

Vianetले सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम सकिएपछि आइतबारसम्म पूर्ण रूपमा सामान्य हुनेअपेक्षा गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *