भरतपुरका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु
भरतपुर। चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ। जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो।
ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो। आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment