दशैंका लागि सुकिला नोट वितरण आजदेखि सुरु

डिसी नेपाल
२९ भदौ २०८२ १०:४२
164
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ।

राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो। बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो।

तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *