सात सय रुपैयाँले घट्यो सुनको मूल्य

डिसी नेपाल
२९ भदौ २०८२ ११:०२
92
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ।

आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *