एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित

डिसी नेपाल
२९ भदौ २०८२ १४:११
36
Shares

काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ बाट निष्कासन गर्ने योजना स्थगित गरेको छ।

कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ।

पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो। नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो।

आईपीओको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *