दसैंका लागि सुकिला नोट साट्न सुरु

डिसी नेपाल
२९ भदौ २०८२ १७:१३
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बडादसैंका लागि आवश्यक पर्ने सुकिला नोट साट्न सुरु गरेको छ।

काठमाडौं । आइतबारबाट बैंकले देशभर सुकिला नोट साट्ने व्यवस्था गरेको हो। असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने बैंकले जनाएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिने छ।

त्यस्तै इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुने बैंकले जनाएको छ।

राष्ट्र बैंकले ५ देखि एक सय दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढिमा १ सेट अर्थात् १८ हजार ५ सय सटही गरिने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *