साफ यू-१७ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गर्यो
काठमाडौं। श्रीलंकाको राजधानी कोलोम्बोमा भएको साफ यू-१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ।
कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा आज भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई २-० गोलअन्तरले पराजित गरेको हो।
नेपालको जितमा दुवै गोल समिर कुमारले गरे। उनले खेलको ५२औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए। खेलको दोस्रो हाफको ‘इन्जुरी’ समयको तेस्रो मिनेटमा समिरले गोल गर्दै नेपाललाई २-० को जित दिलाए। नेपालले अब दोस्रो खेल आगामी असोज २ गते बंगलादेशसँग खेल्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment