चितवन कारागारबाट फरार कैदी पक्राउ

डिसी नेपाल
३१ भदौ २०८२ ८:५४
8
Shares

बढैयाताल । चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन पछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनु भयो ।

आफ्नै छोरी लाई जवरजस्ती करणी आरोप मा बर्दिया जिल्ला अदालत बाट २१ वर्ष कैद सजाय तोकिएको थियो । उनलले हाल  सम्म र निजले ८ वर्ष कैद भुक्तान गरेको देखिन्छ । उनलाई आवश्यक कारवाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.