उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन्।
मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोवलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन्।
गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगाएतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए।
गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिवद्धता जनाए। शान्ति सुरक्षा, सुशासन लगाएतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे।
उनले अब छिटै सवै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे। अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रुपमा निर्वाचन गर्ने उहाले बताए।
जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधान पनि जलेका छन्।







डिसी नेपाल







Facebook Comment