जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

डिसी नेपाल
३१ भदौ २०८२ १५:११
44
Shares

काठमाडौं । ऊर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन्।

मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिदहरूको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए।

उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ। उहाँहरुले देशको लागि धेरै ठूलो योगदान दिनु भएको छ। उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ। त्यसलाई हामीले साकार पार्नुपर्ने छ। उहाँहरुले उठाउनु भएको विषयलाई आगामी सरकारहरुले पनि लिएर अगाडि बढ्नुपर्ने छ। उहाँहरुले धेरै कुरा उठाउनु भएको थिएन् देशमा भ्रष्टाचार हुनुहुदैँन्, सुशासन कायम हुनुपर्छ, देशलाई आत्म निर्भरता तर्फ लानु पर्छ भन्ने जुन आशा थियो यसलाई पूरा गर्न अब हामी अगाडि बढ्नु पर्छ।’

यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए।

आगामी दिन झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.