सुपथ पसल पुगेका उपभोक्ता भन्छन् : भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो

डिसी नेपाल
३१ भदौ २०८२ १७:२८
380
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु संचालनमा ल्याएको छ।

कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम विक्री गरिरहेको छ। वातावरण अनुकुल नभएकाले उपभोक्ताहरुको उपस्थिति नभएपनि कम्पनीले सेवा विस्तार गरेको हो। दशैंकै मुखमा मुलुकमा अस्थिरता निम्तिएकाले उपभोक्ताले चासो नदेखाएकोमा कम्पनीका कर्मचारीहरुले दुखेसो व्यक्त गरेका छन्।

नेपालको स्थिति सोचे जस्तो नभएको र विगतमा जस्तो उपभोक्तहरुको भीडभाड नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेशकी प्रमुख धर्मकुमारी राजवंशीले बताइन्।

उनले आन्दोलनका कारण उपभोक्तहरुको मनमा डर बसेकाले व्यापार कम्पनीलाई प्रभाव परेको बताइन्।

‘हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै सहुलियत सुपथ मूल्यमा सामानहरु विक्री वितरण गर्ने गरेका छौं, यसपाली पनि पूर्वतयारीका साथ विक्री सुरु गरेका हौं। तर मुलुकको अवस्था सोचेजस्तो भएन। त्यसैले भव्यताकासाथ उद्घाटन गर्न सकिएन। आन्दोलनका कारण उपभोक्ताहरु त्रासमा छन्। जसको प्रभाव परिरहेको छ’ उनले भनिन् ।

उनले अन्य स्थानमा पनि सूपथ मूल्य संचालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिइन्। उपत्यकामा रामशाहपथ, नख्खु, थापाथली र दक्षिणकालीमा पसल संचालनमा आएको जानकारी दिइन्।

‘हाम्रो कार्यालय मार्फत चारवटा शाखाहरु रामशाहपथ, नख्खु, थापाथली र दक्षिणकालीबाट पनि सन्चालन भइरहेको छ। गोदावरी र चा।गुनारायण साथै रसुवाबाट पनि सन्चालन गर्ने लक्ष्यमा छौं। सबै पूर्वाधार अनुरुप सन्चालन गर्नपर्ने भएकाले पहिलो हप्ता भित्र नै रसुवादेखि गोदावरीसम्म सन्चालन गर्नेछौं,’ उनले भनिन्।

हालको अवस्था सहज नभएको र यातायातको सुविधा नभएकाले पनि विक्रीमा असर परेको सुनाइन्।

उनले चामल, दाल गेडागुडी, मसलाजन्य सामान रैथाने बालीहरुमा प्रति केजी १० रुपैया।सम्म छुटमा साथै चिउरा एवम आ।टालगायतका पिठो भने प्रतिकेजी सात रुपैंया।सम्मको छुटमा विक्री गरिरहेको बताइन्। उनले यस बर्ष विसम परिस्थितिका कारणले दशै।मा खसी–बोका वितरण गर्न नसकिने बताइन्।

सुपथ मूल्यमा सामान खरिदका लागि आएका उपभोक्ता प्रेम कृष्ण श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको सेवा सुविधा सहज भएको साथै सस्तो रहेको बताए।

‘स।धै सुपथ पसलहरुबाटै सामान लाने गरेको छु। सस्तो महंगो भनेको त्यस्तै हो तर सबै सामग्र एकै ठाउ।मा पाइन्छ। आजसम्म भाटभटेनी या अन्त गएर सामान खरिद गरेको छुइन्। हरेक बर्ष यसरी पसल संचालन गरे राम्रो हुनेथियो,’ उनले भने।

त्यस्तै अर्का उपभोक्ता ठाकुर राम पहरीले दशैंको बेला मात्र नभई अरुबेला पनि आउने गरेको र सरकारले चाडपर्वलाई विषेश जोड दिएर सहुलीयत मूल्यमा विक्री वितरण गर्दा खुशी लागेको पनि बताए।

त्यस्तै अर्का उपभोक्ता भवानी सापकोटाले स।धै भाटभटेनीमा किन्ने गरेकोमा महंगो भएको भन्दै यहा। सस्तोमा पाउने थाहा पाएर आएको समेत बताइन्।

‘पहिला पहिला भाटभटेनीमा लिने गरेका थियौ।। तर यहा। सस्तोमा पाइने थाहा पाएर आएको हु।। कम्पनीले स।धै यसरी सुविधा दिए राम्रो हुनेथियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.