क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली

डिसी नेपाल
३१ भदौ २०८२ २०:३६
124
Shares

काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति आज श्रद्धाञ्जली अर्पण गरिएको छ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो।

राखेप सदस्य-सचिव टंकलाल घिसिङ, राखेप सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.