अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

डिसी नेपाल
१ असोज २०८२ १८:५३
624
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन्।

भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो। उक्त आगलागीमा के कति क्षति भयो भनेर आज (बुधबार) ढकालसहितको टोलीले अवलोकन गरेको हो।

सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए।

उनले भने, ‘अब त यसमा मलाई कुनै संका छैन् कि हाम्रो देश बन्दैन्। यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ। तपाई हाम्रो पीडा हेरेर कति जना भागि सके होला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.